२०७८ साउन २२ गते
जनज्योति क्याम्पस प्राङ्गणमा क्याम्पस संचालक समिति अध्यक्ष जीतप्रकाश आलेको अध्यक्षता र गण्डकी प्रदेशका मुख्यमन्त्री मा. कृष्णचन्द्र नेपाली पोखरेल को प्रमुख आतिथ्यतामा वृक्षारोपण कार्यक्रम उत्साहजनक रूपमा सम्पन्न भयो ।।कार्यक्रममा मुख्यमन्त्री नेपालीले प्रदेश ऐन बन्दै गरेको बर्तमान अबस्थामा उपयुक्त कानुन निर्माण गरेर उपयुक्त समयमा सामुदायिक क्याम्पसलाई सहयोग गर्ने प्रतिवध्दता ब्यक्त गर्नुभयो। प्रदेश सांसद त्रय ओमकला गौतम, दोबाटे बि क तथा सरिता गुरुङ्ग, संविधानसभा सदस्य रामचन्द्र पोखरेल, जिल्ला समन्वय समिति प्रमुख शान्ति रमण वाग्ले, प्रमुख जिल्ला अधिकारी सागर आचार्य, मुख्यमन्त्रीका राजनैतिक सल्लाहकार खड्गबहादुर कमाल,अनुगमन तथा मूल्याकंन समिति संयोजक दधिराज सुवेदी, वडा नं ३,५ र ६ का वडाध्यक्ष क्रमशः भुपेन्द्र मल्ल, पदम ब थापा र श्यामसुन्दर जोशी, नगर उद्योग बाणिज्य संघका अध्यक्ष हस्त बहादुर खड्का, संस्थापक क्याम्पस प्रमुख खिमाकान्त पराजुली, विभिन्न राजनैतिक दलका प्रमुख एवम् प्रतिनिधिहरु, संचालक समितिका सदस्यहरू, उपसमितिका सदस्यहरू,स्ववियु, अभिभावक एवम् विद्यार्थीहरुको उपस्थिति रहेको कार्यक्रममा जिल्ला समन्वय प्रमुख शान्तिरमण वाग्लेले शुभकामना मन्तब्य राख्नुभएको थियो। संचालक समिती उपाध्यक्ष काजिमान श्रेष्ठले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रममा क्याम्पस प्रमुख केशवराज काफ्लेले क्याम्पसको समग्र बस्तुस्थिती र गतिबिधिबारे क्याम्पसको तर्फबाट धारणा प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण दीपक भट्टराईले गर्नुभएको थियो ।
Leave a Reply