जनज्योति क्याम्पस अतिरिक्त क्रियाकलाप समितिको आयोजना तथा NMB Bank भिमाद शाखाको सहयोगमा क्याम्पसमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुको उपस्थितिमा वित्तीय सचेतना तथा अभिमूखीकरण कार्यक्रम सम्पन्न भयो ।
अतिरिक्त क्रियाकलाप समिति संयोजक शिवदत्त चापागाईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि क्याम्पस संचालक समितिका अध्यक्ष जीतप्रकाश आलेले कार्यक्रमको औपचारिक शुभारम्भ गर्नुहुदै यस्ता रचनात्मक कार्यक्रमले विद्यार्थी एवं सस्थाको वृत्ति विकासमा टेवा पुग्ने विचार व्यक्त गर्नु भयो ।
उपप्राध्यापक सीता देवी भट्टराईले स्वागत गर्नु भएको कार्यक्रममा क्याम्पस प्रमुख केशवराज काफ्ले ले क्याम्पसका विविध गतिविधिका बारेमा जानकारी गराउनु भएको थियो । उक्त कार्यक्रममा NMB Bank भिमादबाट शाखा प्रबन्धक सन्तोष के.सी., तेज प्रसाद सिग्देल, बर्षा थापा, खेमकान्त श्रेष्ठ एवं शुशिला क्षेत्रीले बैक तथा वित्तिय संस्थामा कसरी पहुँच बढाउन सकिन्छ ? शेयर कारोवारका फाइदा र कारोवार गर्ने तरिका वा प्रकृया आदिका सम्बन्धमा प्रकाश पार्नु भएको थियो । साथै सहभागि विद्यार्थीहरुबाट उठेका जिज्ञासाको समेत समाधान गर्नुभएको थियो । कार्यक्रमको संचालन अतिरिक्त क्रियाकलाप समिति सदस्य दीपक भट्टराई ले गर्नु भएको थियो ।
यसै गरी आजै जनज्योति क्याम्पस आन्तरिक गुणस्तर विश्वसनीय समिति (IQAC), क्याम्पस प्रमुख, विद्यार्थी गुणस्तर व्यवस्थापन समुह (SQMC) तथा प्राध्यापक–कर्मचारीहरुको संयुक्त वैठक बसी विद्यमान अवस्थामा शिक्षण सिकाई गतिविधि लगायत अन्य विविध गतिविधिहरुका बारेमा छलफाल एवं अन्तरक्रिया सम्पन्न भएको छ ।
Leave a Reply