065-572455 / 9856001455

janajyoticampusbhimad@gmail.com

Bhimad-6, Tanahun

Gandaki Province, Nepal

6:00 AM - 4:00 PM

Sunday to Friday

वाषिकोत्सव तथा क्याम्पस सभा सम्पन्न

मिति २०७७ चैत्र २७ गते, जनज्योति क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्री जीतप्रकाश आलेको अध्यक्षता एवं भिमाद नगर पालिका नगर प्रमुख मेखवहादुर थापाको प्रमुख आथिथ्यतामा जनज्योति क्याम्पसको आफ्नो १३औं वाषिकोत्सव तथा क्याम्पस सभा सम्पन्न भयो । उक्त कार्यक्रममा क्याम्पस प्रमुख केशवराज काफ्लेले क्याम्पसको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने घिरिङ गाउँपालिकाका अध्यक्ष रनवहादुर राना, भिमाद नगरपालिक उप–प्रमुख शारदा खनाल, वरिष्ठ पत्रकार विश्ववन्दु भण्डारी, वडा नं. ६ का वडा अध्यक्ष श्यामसुन्दर जोशी, अक्षयकोष संस्थापक पदमराज सुवेदीले शुभकामना मन्तव्य व्यक्त गर्न भयो । क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष काजिमान श्रेष्ठले स्वागत गर्नु भएको उक्त कार्यक्रममा वरिष्ठ अधिवक्ता प्रेमराज सुवेदी धन्यवाद मन्तव्य दिनु भयो । कार्यक्रम सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाई सञ्चालन गर्नु भएको थियो । सामाजिक उत्तरदायित्व एवं जिम्मेवारी वहन गर्दै क्याम्पसमा अध्ययनरत विपन्न, असहाय एवं जहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले स्व. डण्डपाणी सुवेदीको स्मृतिमा श्रीमति देवका सुवेदी , छोरा पदमराज सुवेदी र प्रेमराज सुवेदी एवम् परिवारजन द्धारा ५ लाखको अक्षयकोष स्थापना गर्नुभयो । उक्त कार्यक्रममा जनज्योति क्याम्पसका प्राध्यापक एव. कर्मचारीद्धारा २ लाख २५ हजारको अक्षयकोष स्थापना गर्नुभयो । क्याम्पस आजीवन सल्लाहकार सदस्य बावुराम सुनारले गतवर्ष घोषणा गरि स्थापना गर्नुभएको २ लाख ५० हजारको अक्षयकोषको नामाकरण गर्नु भयो । उक्त कार्यक्रममा विशिष्ट अतिथिका रुपमा कार्यक्रममा सहभागी भई आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्ने क्रममा घिरिङ गाऊ पालिकाका अध्यक्ष रनवहादुर रानाले आगामि आर्थिक वर्षको वजेटमा क्याम्पस्को मञ्च निर्माण गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । त्यसैगरी, मिति २०७७ चैत्र २१ गतेका दिन जनज्योति क्याम्पसमा सम्पन्न भएको नेपाल पव्लिक क्याम्पस संघ, तनहूँको चौथो अधिवेशनमा आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्ने क्रममा म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले आगामी आर्थिक वर्षको वजेटमा क्याम्पसमा वास्केटवल कोर्ट निर्माण गर्र्नेे प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । भिमाद स्थित कामना वचत तथा ऋण सहकारी सँस्था लि. ले क्याम्पसमा अध्ययनरत छात्रा कल्पना सुनारलाई नगद रु ५ हजार प्रदान गर्नु भयो । स्व. रामशरण शर्मा गैह्रे स्मृति अक्षयकोषले छात्रा आशिरन मियालाई नगद रु ५ हजार २ सय प्रदान गर्नु भयो । उक्त कार्यक्रममा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक पुरस्कार एवं अतिरिक्त पुरस्कार वितरण गरिएको थियो भने प्राध्यापकहरु मध्येबाट सहायक प्राध्यापक विनोद थापा सम्मानीत हुनु भयो । उक्त सभाले आगागि ३ वर्षे कार्यकालको लागि क्याम्पस सञ्चालक समिति, अनुगमन तथा मुल्याङ्कन समिति तथा सामाजिक परीक्षण समितिको छनोट गर्ने कार्य सम्पन्न भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *