जनज्योति क्याम्पस भिमाद तनहुँमा भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा विजयी नवनिर्वाचित जनप्रतिनिधि हरुलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । भिमाद न पा प्रमुख पदमा विजयी हुनुहुने जनज्योति क्याम्पस आजीवन सल्लाहकार एवम् क्याम्पस अनुगमन एवं मूल्यांकन समिति संयोजक श्री दधिराज सुवेदी, उपप्रमुख पदमा विजयी हुनुहुने क्याम्पस आजीवन सदस्य शारदा खनाल, ऋषिङ्ग गाउँपालिका अध्यक्ष मा सञ्चालक समिति का पूर्व सदस्य एवम् सल्लाहकार राजेन्द्रकृष्ण श्रेष्ठ, भिमाद न पा का वडा अध्यक्ष हरु क्रमशः दीपक आले-१, दिनेश थापा-२, पदम राज सेन-३, श्याम सुन्दर जोशी-६, प्रकाश श्रेष्ठ -७, अण बहादुर शाही -८ तथा रण बहादुर थापा -९ त्यसै गरी वडा सदस्यहरू इन्दिरा खड्का, पदम कुमार श्रेष्ठ लगायतका नवनिर्वाचित जनप्रतिनधिहरुको उपस्थिति रहेको थियो । क्याम्पस सञ्चालक समिति अध्यक्ष जीत प्रकाश आलेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष काजिमान श्रेष्ठले स्वागत गर्नुभएको थियो भने क्याम्पसप्रमुख केशव राज काफ्ले, वडाध्यक्ष हरुको तर्फबाट वाड नं ६ का वडाध्यक्ष श्याम सुन्दर जोशी, नगर उप प्रमुख शारदा खनाल तथा नगर प्रमुख दधिराज सुवेदीले छलफल र अध्ययन गरी आवश्यकता र प्राथमिकताको आधारमा क्याम्पस लाई सहयोग गर्ने बताउँदै कार्यक्रम आयोजना गरेको प्रति हार्दिक आभार व्यक्त गर्नुभयो । कार्यक्रममा ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठ ले आफु यसै क्याम्पसको सञ्चालक समितिमा रहदैगर्दा गाउँपालिका को नेतृत्वमा पुगेको स्मरण गर्दै क्याम्पस लाई हरतरहको सहयोग गर्न सदैव तत्पर रहेको बताउनुभयो ।
Leave a Reply