Janajyoti Campus

नि: शुल्क स्वास्थ्य शिविर सम्पन्न

मिति २०८० चैत्र २९ गते बिहिबारका दिन काठमाडौ मेडिकल कलेज पब्लिक लिमिटेडको प्राबिधिक सहयोग, जनज्योति क्याम्पस भिमाद तनहुँको अयोजना तथा जनज्योति मा वि , नेपाल अौषधि ब्यबसायि संघ गण्डकी प्रदेश र युवा क्लब भिमादको सह- आयोजनामा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष माननीय जीतप्रकाश आलेको अध्यक्षतामा सम्पन्न शिविर उद्घाटन कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य माननीय डा. सुनिलकुमार शर्मा, काठमाडौंं मेडिकल कलेज पब्लिक लिमिटेड सञ्चालक समिति अध्यक्ष सुभाष पोखरेल, व्यवस्थापक नारायण प्रसाद दाहालले शुभकामना व्यक्त गर्नुभएको थियो भने स्वागत मन्तब्य नेपाल औषधी व्यवसायी संघ गण्डकी प्रदेश उपाध्यक्ष दयानिधि पौडेलले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख कार्यक्रम शिवदत्त चापागाईले गर्नुभएको थियो ।

कार्यक्रममा उपस्थिति,

रिसिङ गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, क्याम्पस सञ्चालक समितिका सदस्यहरू इन्दिरा खड्का, चुडामणि खनाल, मिलन आले, कृष्णकला सुवेदी र पदमराज सेन, संस्थापक सदस्य रमेशचन्द्र सुवेदी, युवा क्लब भिमादका अध्यक्ष ज्ञान बहादुर थापा, नेका भिमाद नगर कार्यसमिति सभापति अरविन श्रेष्ठ, शिविर सञ्चालनका लागि आउनुभएका काठमाडौँ मेडिकल कलेजका चिकित्सक एवं स्वास्थ्यकर्मीहरू, प्राथमिक स्वास्थ्य केन्द्र भिमादका प्रमुख एवं स्वास्थ्यकर्मीहरू, क्याम्पस प्रमुख केशवराज काफ्ले लगायत सम्पूर्ण प्राध्यापक कर्मचारीहरु, जनज्योति मावि का प्रअ गणेश सुवेदी लगायत शिक्षकहरू, राष्ट्रिय शिक्षक संगठन भिमादका अध्यक्ष सुरज लम्साल, लायन्स क्लव अफ भिमाद ग्रीन सिटीका अध्यक्ष विष्णु श्रेष्ठ लगायत सदस्यहरू, पूर्व विद्यार्थी संघका अध्यक्ष सुनिल श्रेष्ठ लगायत सदस्यहरू,विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरु, स्वतन्त्र विद्यार्थी युनियन, SQMC, विद्यार्थीहरू तथा समुदायका विभिन्न महानुभावहरुको उपस्थिति रहेको थियो ।

स्वास्थ्य शिविरबाट भिमाद न पा, घिरिङ गा पा, रिसिङ गापा, म्याग्दे गापा तथा हरिनास गापाका करिब ८०० सर्वसाधारण ले स्वास्थ्य लाभ लिएका थिए।

बिहान ११ बजेबाट सञ्चालन भएको स्वास्थ्य शिविरमा जनरल मेडिकल, स्त्री रोग, बाल रोग, शल्यक्रिया सर्जरी, मानसिक तथा नशा रोग, हाडजोर्नी तथा नशा, छाला तथा यौन रोग, नाक, कान, घाँटी, आँखा रोग, दन्त रोग, मुटु रोट, इ.सि.जी, भिडियो एक्स-रे, मुटुको जाँचका साथै विभिन्न ल्याब परीक्षण समेत गरि १६ स्थानबाट सेवा उपलब्ध गराइएको थियो भने अपरेसन गर्नुपर्ने बिरामीलाई काठमाण्डौ मेडिकल कलेजमा निःशुल्क अपरेसन गराइने व्यवस्था भएको समेत जानकारी गराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *