Janajyoti Campus

चौथो वर्षका विद्यार्थीहरूका लागि विदाई कार्यक्रम सम्पन्न

मिति २०८२ वैशाख २०

जनज्योति क्याम्पसमा स्नातक तह प्रथम, दोस्रो र तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरू को संयुक्त आयोजनामा चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूका लागि विदाई कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । तृतीय वर्षको छात्रा काशीका राना को अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख केशवराज काफ्ले, सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाईं लगायत प्राध्यापक कर्मचारीहरू, स्वतन्त्र विद्यार्थी युनियन सभापति विप्लव भण्डारी, नेविसंघ सभापति अमृत गैह्रे, विद्यार्थीहरू गोमा नेपाली, सृष्टि बिक लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । स्नातक तृतीय वर्षकी छात्रा निशा भुजेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन तृतीय वर्षकी छात्रा अस्मिता क्षेत्रीले गर्नुभएको थियो। कार्यक्रममा चाैथाे वर्षका छात्राहरु दिपा थापा र स्वस्तिका सुवेदीले धन्यवाद व्यक्त गरेका थिए । SQMC, युवा रेडक्रस सर्कल लगायत सम्पूर्ण विद्यार्थीहरूको उल्लेख्य सहभागितामा सम्पन्न भएको कार्यक्रममा विद्यार्थीले उत्कृष्ट सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरेका थिए । विदाई भएर जाँदै गरेका स्नातक चौथो वर्षका विद्यार्थीहरूले क्याम्पसलाई उपहार दिएका थिए भने क्याम्पसको तर्फबाट पनि विद्यार्थीहरूलाई मायाको चिनो प्रदान गरिएको थियो । साथै विद्यार्थीहरूले क्याम्पसका प्राध्यापक एवं कर्मचारीहरूलाई टोपी एवं दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *