माघ २५, २०८१
अतिरिक्त क्रियाकलाप समिति जनज्योति क्याम्पस भिमाद तनहुँको आयोजनामा उत्प्रेरणा सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। अतिरिक्त क्रियाकलाप समिति संयोजक एवं सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाईंको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम मा प्रमुख अतिथि क्याम्पस प्रमुख केशवराज काफ्ले रहनुभएको थियो । जेसीआई नेपालका राष्ट्रिय प्रशिक्षक एवं युवा उद्यमी शिवप्रसाद भुसाल ले प्रशिक्षण गर्नुभएको कार्यक्रममा प्राध्यापक, कर्मचारी, पूर्व विद्यार्थी संघ, स्वतन्त्र विद्यार्थी युनियनका पदाधिकारी एवम् अन्य विद्यार्थीहरूको उत्साहजनक उपस्थिति रहेको थियो । प्राध्यापक संघ सभापति हरिप्रसाद सुवेदीले उपस्थित सम्पूर्ण महानुभावहरूलाई स्वागत गर्नुभएको थियो । उक्त अवसरमा क्याम्पस प्रमुख केशवराज काफ्लेले यस किसिमको कार्यक्रमबाट आफूहरूलाई हौसला प्राप्त भएको बताउनु हुँदै सम्पूर्ण विद्यार्थीहरुलाई उत्साहित भएर अगाडि बढ्न सुझाव दिनुभएको थियो साथै क्याम्पसको तर्फबाट धन्यवाद व्यक्त गर्नुभएको थियो ।
Leave a Reply