Janajyoti Campus

अभिमुखीकरण कार्यक्रम सम्पन्न

मिति २०७९ असोज ०६ गते जनज्योति क्याम्पस अतिरिक्त क्रियाकलाप समितिको सक्रियतामा लोक सेवा आयोग गण्डकी प्रदेश पोखराद्वारा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई लोक सेवा आयोगको परीक्षा प्रणाली सम्बन्धि अभिमुखीकरण कार्यक्रम क्याम्पस प्रमुख केशवराज काफ्लेको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि लोक सेवा आयोगका माननीय अध्यक्ष विष्णु प्रसाद नेपाल, विशिष्ट अतिथि माननीय सदस्य कल्पना लम्साल, आयोगका उपसचिव कृष्ण प्रसाद आचार्य, शाखा आधकृत मार्किस दोरङ्गा तथा कर्मचारी ज्ञानेश्वर पौडेल तथा जनज्योति क्याम्पस स्ववियू सभापति सुनिल श्रेष्ठ लगायत १५० जनाभन्दा बढि प्राध्यापक कर्मचारी, पूर्व विद्यार्थी एवम् अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरुलाई सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाईंले स्वागत् गर्नु भएको थियो

कार्यक्रममा सहभागीहरुलाई लोक सेवा आयोग सदस्य कल्पना लम्सालले प्रशिक्षण गर्नु भएको थियो भने प्रमुख अतिथि लोक सेवा आयोग अध्यक्ष विष्णु प्रसाद नेपालले सहभागीहरुबाट उठेका प्रश्नको जवाफ दिनुहुँदै लोक सेवा आयोगको गरिमा र यसको महत्वमाथि प्रकाश पार्नु भएको थियो । आयोगका उप सचिव कृष्ण प्रसाद आचार्यले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नु भएको थियो भने कार्यक्रमको सञ्चालन लोक सेवा आयोगका शाखा अधिकृत मार्किस दोरङ्गाले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *