065-572455 / 9856001455

janajyoticampusbhimad@gmail.com

Bhimad-6, Tanahun

Gandaki Province, Nepal

6:00 AM - 4:00 PM

Sunday to Friday

अन्तरक्रिया कार्यक्रम सम्पन्न

आज मिति २०८१ फागुन ५ गतेका दिन जनज्योति क्याम्पसको सभा हलमा क्याम्पस सञ्चालक समिति, भिमाद नगरपालिका नगर प्रमुख, उप प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न वडाका वडा अध्यक्षहरू, विभिन्न उपसमितिहरू, क्याम्पस प्रमुख लगाएतको उपस्थितिका बीच अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष माननीय जीत प्रकाश आलेको अध्यक्षतामा भएको उक्त अन्तरक्रिया कार्यक्रममा क्याम्पसको दिगो विकास र विद्यार्थीको बिचैमा कक्षा छाड्ने दरलाई कम गर्नको लागि छात्रवृत्तीको उचित व्यवस्थापन र पढ्दै कमाउने कार्यक्रम लगायतको विषयमा घनीभूत रुपमा छलफल गरिएको थियो । नगर प्रमुख दधिराज सुवेदी, उप प्रमुख शारदा खनाल, प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पुन, वडा अध्यक्षहरू, क्याम्पस प्रमुख लगाएत सम्पूर्ण व्यक्तित्वले आ-आफ्नो विचार राख्नु भएको थियो । अन्तरक्रिया कार्यक्रममा सहभागीहरूलाई क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष उमाकान्त श्रेष्ठले धन्यवाद दिनु भएको थियो । प्राध्यापक संघ सभापति हरी प्रसाद सुबेदीले सहभागीहरूले व्यक्त गर्नुभएका विचारहरूलाई टिपोट गर्नु भएको उक्त कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाईले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *