Janajyoti Campus

अन्तरक्रिया कार्यक्रम सम्पन्न

जनज्योति क्याम्पस आन्तरिक गुणस्तर विश्वसनीय समिति (IQAC) को आयोजनामा मिति २०७९ साल असोज ३१ गतेका दिन IQAC, प्राध्यापक र विद्यार्थीहरु विच शैक्षिक गुणस्तर अभीवृद्धि एवम् विद्यार्थीका गुनासाका सम्बन्धमा जानकारी लिने उद्देश्यका साथ अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो ।IQAC संयोजक शिवदत्त चापागाईको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत् मन्तब्य प्राध्यापक संघ सभापति हरि प्रसाद सुवेदीले गर्नु भएको थियो । IQAC सदस्य एवम् संञ्चालक समितिका सदस्य गोपाल प्रसाद पराजुली र राजेश्वर खनालले शैक्षिक गुणस्तर वृद्धिका लागि विद्यार्थीहरुले उठाएका जिज्ञासाहरुलाई सञ्चालक समिति मार्फत पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । क्याम्पस प्रमुख केशवराज काफ्लेले छलफल तथा अन्तरक्रियामा उठेका जिज्ञासाहरुलाई सम्बोधन गर्दै क्याम्पसलाई आगामी दिनमा गुणस्तारीय शिक्षा प्रदान गर्ने कुरा व्यक्त गर्नु भएको थियो । त्यसअघि उपस्थित विद्यार्थीहरुले आफूले भोगेका समस्या, गुनासा एवम केही जिज्ञासाहरु राख्नुभएको थियो अन्तरक्रिया कार्यक्रमको सहजीकरण IQAC सदस्य – सचिव दिपक भट्टराईले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *