अनुसन्धान व्यवस्थापन एकाई (RMC) जनज्योति क्याम्पस, भिमाद, तनहुँको आयोजना एवम् विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा अनुसन्धान प्रस्ताव लेखन सम्बन्धी जेठ १३ शनिवारवाट प्रारम्भ भएको ३ दिने कार्यशाला जेठ १५ गते सम्पन्न भएको छ । क्याम्पस प्रमुख केशवराज काफ्लेको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रमुख अतिथि भिमाद न.पा.का. नगर प्रमुख दधिराज सुवेदी, प्रशिक्षक पोखरा विश्वविद्यालयका सह–प्राध्यापक डा. अनन्तराज ढुङ्गाना, क्याम्पस सञ्चालक समिति उपाध्यक्ष उमाकान्त श्रेष्ठ, सदस्य राजेश्वर खनाल, सहभागी क्याम्पसका प्रतिनिधिहरु लगायतले यस कार्यक्रमको महत्व र उपलब्धीका बारेमा आ–आफ्नो धारणा राख्नु भएको थियो । सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाइँले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यशालामा तनहुँ जिल्लाका ६ ओटा सामुदायिक क्याम्पस जनज्योति क्याम्पस, भिमाद, आदिकवि भानुभक्त क्याम्पस, आँबुखैरेनी क्याम्पस, पुर्कोट कालिका क्याम्पस, सिकेविके क्याम्पस र भानुभक्त क्याम्पसका २६ जना प्राध्यापकहरुको सहभागितामा सम्पन्न कार्यशलामा पोखरा विश्वविद्यालय पोखराका सह–प्राध्यापक डा. अनन्तराज ढुंगाना, पृथ्वीनारायण क्याम्पस, पोखराका उपप्राध्यापक डा. पिताम्बर पौडेल तथा सानोठिमी क्याम्पस, भक्तपुरका उप–प्रध्यापक विश्वराज जोशीले प्रशिक्षण दिनुभएको थियो ।
Leave a Reply