Janajyoti Campus

अनुसन्धान सम्वन्धि ३ दिने कार्यशाला शुभारम्भ

अनुसन्धान व्यवस्थापन एकाई (RMC)जनज्योती क्याम्पस, भिमाद, तनहुँको आयोजना एवम् विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा अनुसन्धान प्रस्ताव लेखन सम्बन्धि ३ दिने कार्यशाला जेठ १३ शनिवारवाट प्रारम्भ भएको छ। कार्यशालाको गण्डकी प्रदेश सभा सदस्य मा. अशोक कुमार श्रेष्ठले उद्घाटन गर्नुभएको थियो। क्याम्पस प्रमुख केशवराज काफ्लेको अध्यक्षतामा भएको उद्‌घाटन कार्यक्रममा भिमाद न.पा.का. उप-प्रमुख शारदा खनाल, क्याम्पस सञ्चालक समिति उपाध्यक्ष उमाकान्त श्रेष्ठ, सदस्य रमेशचन्द्र सुवेदी, आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खले एवम् विज्ञको तर्फबाट विश्वराज जोशी लगायतले मन्तव्य राख्नु भएको थियो ।

सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाइँले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सञ्चालन RMC संयोजक दीपक भट्टराईले गर्नुभएको थियो । कार्यशालामा तनहुँ जिल्लाका ६ ओटा सामुदायिक क्याम्पस जनज्योती क्याम्पस, भिमाद, आदिकवि भानुभक्त क्याम्पस, दमौली, आबुँ खैरनी क्याम्पस, पुर्कोट कालिका क्याम्पस, सिकेविके क्याम्पस, डुम्रे र भानुभक्त क्याम्पस, खैरनीटारका करिब ३० जना प्राध्यापकहरुको सहभागीता रहेको छ। कार्यक्रममा पोखरा विश्वविद्यालय पोखराका सह-प्राध्यापक डा. अनन्तराज ढुंगाना, पृथ्वीनारायण क्याम्पस, पोखराका उपप्राध्यापक डा. पिताम्बर पौडेल तथा सानोठिमी क्याम्पस, भक्तपुरका उप-प्रध्यापक विश्वराज जोशीले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *